देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मन्त्रीविरुद्ध उजुरी गर्न पेरिसडाँडामा पत्रमञ्जुषा

देशान्तर

काठमाडौं । सरकारमा सहभागी आफ्ना मन्त्रीहरुले प्रभावकारी काम गर्न नसकेपछि एकीकृत माओवादीले सर्वसाधारणबाट सुझाव माग्न थालेको छ। त्योसँगसँगै मन्त्रीका गलत कामविरुद्ध उजुरी दिनसमेत छुट्टै पत्रमञ्जुषा एमाओवादी कार्यालयमा राखिएको छ। एकीकृत माओवादीले पार्टी कार्यालय पेरिसडाँडामा पेटिका राखेर सरकार सञ्चालन सहयोग तथा समन्वय समिति मन्त्रीहरुले गर्नुपर्ने नयाँ कामको योजनाबारे सुझाव दिन सर्वसाधारणलाई आग्रह गरेको छ।

पार्टीको तर्फबाट वर्तमान सरकारमा सहभागी आठ मन्त्रीले केही गलत काम गरेको भए तिनीहरुको बारेमा उजुरी दिन पनि भनिएको छ।त्यस्तो उजुरीलाई गोप्य राखिने छ ।  एमाओवादीको कार्यालय सचिवसमेत रहेका सरकार सञ्चालन सहयोग तथा समन्वय समितिका सचिवालय सचिव प्रकाश पोखरेलले मन्त्रीका गलत कामबारे उजुरी र सुझाबका लागि पेटिका राखिएको बताए ।

प्रत्येक बैठकमा पेटिका खोलिने पोखरेलका अनुसार उजुरीपेटिका समितिको प्रत्येक बैठकमा खोलिनेछ । उजुरी र सुझाब सम्बन्धित मन्त्रीलाई देखाइनेछ । उजुरीबारे मन्त्रीहरूसँग जवाफ मागिने र गलत गरेको भए सच्याउन निर्देशन दिइने उनले बताए । नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>