देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसले दुई सांसदलाई पहिले सांसद पछि सदस्यता

देशान्तर

काठमाडौं । कांग्रेसका दुई नेताहरुले सांसद भएपछिमात्र पार्टीको साधारण सदस्यता र क्रियाशिल सदस्यता पाएका छन्। सरकारले नै २६ सभासद मनोनयन गर्दा कांग्रेस कोटामा सांसद बनेका उमेश श्रेष्ठ र धनुषाकी समानुपातिक सांसद रश्मी ठाकुरको क्रियाशिल सदस्यता पारित भएपछि उनीहरु बल्ल क्रियाशिल कांग्रेस बनेका हुन्।  

श्रेष्ठले चितवनबाट र ठाकुरले धनुषाबाट सदस्यता पाएका छन्। व्याब्सनका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ यसअघि कुनै पार्टीमा आबद्ध थिएनन्। रश्मी भने जिउँदो सहिद अरबिन्द ठाकुरकी छोरी हुन्। अरबिन्द ठाकुरलाई २०४५ सालमा राजा महेन्द्रलाई बम हान्न प्रयास गरेको आरोपमा मृत्युदण्डको सजाय सुनाइएको थियो। तर मधेसी बाहुन भन्ने थाहा पाएपछि उनलाई माफी दिइएको थियो।  

सदस्यता छानविन समितिका अनुसार कांग्रेसका अन्य सबै सांसदसँग क्रियाशिल सदस्यता छ।  राजधानी दैनिकमा समाचार छ।

]]>