देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कालोबजारीमै हराउँछ ग्यास

देशान्तर

काठमाडौं । भारतीय नाकाबन्दी र मधेस आन्दोलनका बाबजुद पुसमा ग्यास आपूर्ति ४२ प्रतिशतले बढेको छ। ध्वस्त वितरण प्रणाली र कालोबजारीका कारण उपभोक्ताका सिलिन्डर भने रित्तै छन्, चुलो चिसै।

नेपाल आयल निगमको तथ्यांकअनुसार पुसमा मात्र ९ हजार दुई सय टन ग्यास भित्रिएको छ। मंसिरमा यो परिमाण पाँच हजार दुई सय ८७ टन मात्र थियो। आयात यसरी बढे पनि कालोबजारीका कारण आम उपभोक्ताले ग्यासको गन्धसमेत सुँघ्न पाएका छैनन्।

तराई बन्दसँगै भारतीय नाकाबन्दी सुरु भएपछि असोजमा स्वात्तै घटेको ग्यास आयात पुस महिनासम्म आइपुग्दा बढिरहेको छ। तैपनि उपभोक्ताहरुले सुरुकै महिना ९असोज०को अभाव झेलिरहेका छन्। नागरिक दैनिकमा समाचार छ।

]]>