देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपभोक्ता लुटेर ९० करोड बोनस बाँड्ने तयारी

देशान्तर

काठमाडौं । उपभोक्तालाई अस्वभाविक रुपपा महंगो मूल्य लिएर इन्धन बेचिरहेको नेपाल आयल निगमले गएको आर्थिक वर्षको नाफावाट कर्मचारीलाई ९० करोड रुपैयाँ बोनस बाँड्ने तयारी गरेको छ।

अन्तर्राष्ट्रिय बजारमा गिर्दो मूल्यअनुरुप समायोजन गरिए उपभोक्ताले नेपालमा ८० रुपैयाँ प्रतिलिटर पेट्रोल पाउनु पथ्र्यो। अभावबीच उपभोक्ताले महंगो मूल्य मात्र होइन, कालोबजारीको भर पर्नु परेको छ। अघिल्ला आर्थिक वर्षमा सञ्चित घाटा रहेको निगमले विभिन्न बैँक तथा वित्तिय संस्था तथा सरकारसँग लिएको ३६ अर्ब रुपैयाँ ऋण तिरिरहेको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल मूल्य व्यापक गिरावटसँगै नाफामा जान थालेकाले यो सम्भव भएको हो। बोनस बाँड्दै गर्दा निगमले अझै सरकारलाई १२ अर्ब तिर्न बाँकी छ।  नागरिक दैनिकमा समाचार छ।

]]>