देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पूर्वराजा ज्ञानेन्द्र शाहकी आमा नागरिकता विहिन

देशान्तर

काठमाडौं । खानेपानीको लाइन काटेपछि आफ्नो नाममा निवेदन दिँदा पूर्वराजा ज्ञानेन्द्र शाहकै आमा पूर्व मुमाबडामहारानी रत्नले आफूसँग नागरिकता नभएको खुलाइन्। ‘म त सबैकी रानी भएकाले किन नागरिकता बनाउनेरु’ आफ्नै कर्मचारीलाई प्रश्न गरिन्। ८८ वर्ष उमेर पुगेकी रत्नको हालसम्म नागरिकता नभएपछि महेन्द्र मञ्जिलमा आफ्नै नाममा बत्ती, पानी र टेलिफोनको लाइन जोड्न समस्या भएको छ।

तत्कालीन राजा महेन्द्रले आफ्नो परिवारका सदस्य १६ वर्ष पुग्नासाथ दरबारमै गएर नागरिकता बनाउने प्रचलन थियो। सबै राजपरिवारका सदस्यको नागरिकता बनाउँदा काठमाडौंका प्रमुख जिल्ला अधिकारी दरबारमै जाने प्रचलन थियो। नागरिकताको प्रसंग चल्दा रत्नले आफूले नागरिकता बनाउन कहिल्यै स्वीकार गरिनन्।

झन्डै ९ दशक पुगेकी रत्नलाई आफूले नागरिकता नबनाएको विषयमा कुनै सुर्ता नभएको बताइन्। बरु अधिकांश काम गर्दा विश्वासिलो कर्मचारी र परिवारको सदस्यको नागरिकता प्रयोग गर्ने गरेकी छिन्।  नेपाल समाचार पत्र दैनिकमा समाचार छ।

]]>