देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नाफामा कांग्रेस, गत आर्थिक वर्षमै कमायो ९ करोड

देशान्तर

काठमाडौं । व्यवस्थापिका संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पछिल्लो आर्थिक वर्षमा झन्डै ९ करोड रुपैयाँ आम्दानी गरेको छ । निर्वाचन आयोगमा कांग्रेसले बुधबार बुझाएको आर्थिक वर्ष २०७१–७२ को आम्दानी र खर्च विवरण अनुसार ८ करोड ५४ लाख १३ हजार पाँच सय ८५ रुपैयाँ ३६ पैसा आम्दानी देखाएको हो । कांग्रेसले अघिल्लो आर्थिक वर्षमा तीन करोड ९ लाख १२ हजार ८ सय ६६ रुपैयाँ ६० पैसा आम्दानी देखाएको थियो।

जुन गत वर्षभन्दा पाँच करोड ५४ लाख सात सय १९ रुपैयाँ बढी छ। पुस २४ को मितिमा सभापति सुशील कोइराला, कोषाध्यक्ष चित्रलेखा यादव, मुख्य सचिव ऋषिकेश तिवारी, वरिष्ठ लेखापाल रविन बज्राचार्य र चार्टर्ड एकाउन्टेन्ट अंकुश कुमारद्वारा हस्ताक्षर गरी आयोगमा बुझाइएको प्रतिवेदनमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणलाई आम्दानीको मुख्य स्रोत देखाएको छ।

सदस्यतावापत ६ करोड ६२ लाख १२ हजनार ६ सय २ रुपैयाँ ५० पैसा कांग्रेसले आम्दानी देखाएको छ। उसले नवीकरणवापत १ करोड ५ लाख २८ हजार ८ सय ४७ रुपैयाँ ७५ पैसा र सदस्यताको ४ करोड ४९ लाख १९ हजार ७ सय ५४ रुपैयाँ ७५ पैसा देखाएको छ।  नागरिक दैनिकमा समाचार छ।

]]>