देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

छात्रवृत्तिवालाकै प्रमाणपत्र नक्कली

देशान्तर

काठमाडौं । बंगलादेशस्थित विभिन्न विश्वविद्यालय तथा कलेजमा चिकित्साशास्त्र अध्ययनका लागि छात्रवृृत्ति पाएका विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्र नै नक्कली भेटिएको छ। दूतावासमा बुझाइएको प्रमाणपत्र नक्कली प्रमाणित भएपछि ५ जना जान नपाउने भएका छन्।

दूतावासमा बुझाइएका प्रमाणपत्रमा एसएलसी बोर्ड, उच्चमाध्यामिक शिक्षा परिषद, शिक्षा तथा परराष्ट्र मन्त्रालयका छाप लागेका छन्। सबैतर्फवाट परीक्षण भएर आउँदा पनि नक्कली प्रमाणित भएपछि सबैमा आशंका भएको दूतावासका एक अधिकारीले बताए।  

दूतावास स्रोतका अनुसार रवि शाह, निशा शाह, मुकेशकुमार भिन्दाबार, आशुतोष कर्णको प्रमाणपत्र नक्कली भेटिएको हो। अर्का एकजनाको भने परिषदबाट पूर्ण प्रतिवेदन आएपछिमात्र भन्न सकिने दूतावासका एक अधिकारीले बताए। कान्तिपुर दैनिकमा समाचार छ।
 

]]>