देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इन्धन अभावले ५०० विकास आयोजना प्रभावित

देशान्तर

बाँके। अघोषित नाकावन्दीका कारण मध्यपश्चिमाञ्चल क्षेत्रका करिब ५०० निर्माणसम्बन्धी योजना प्रत्यक्ष प्रभावित भएका छन् । 

लामो समयदेखिको नाकाबन्दीका कारण इन्धन अभाव हुँदा ती योजना प्रभावित भएका हुन् ।

सबै योजना प्रभावित भएपछि यस क्षेत्रका करिब तीन हजार भन्दा बढी निर्माण व्यवसायी र त्यसमा काम गर्ने करिब दुई लाख मजदुरको रोजीरोटी समेत गुमेको मध्यपश्चिम क्षेत्रीय निर्माण व्यवसायी सङ्घका अध्यक्ष मोहन प्रकाश आचार्यले बताए ।

नाकावन्दीका कारण सरिया (छड), सिमेन्ट तथा इन्धन अभावका कारण निर्माण व्यवसायी अप्ठ्यारोमा परेको उनले बताए ।

निर्माण सामग्रीको मूल्य आकासिएको, कालोबजारी फस्टाएको, योजना ठप्प भएको बेलामा बैंकमा किस्ता तिर्नुपर्ने, कर्मचारीलाई तलब खुवाउनुपर्नेलगायतको आर्थिक समस्या, साना निर्माण कार्यको म्याद थप र मूल्यवृद्धि गर्न नपाउने कानूनी प्रावधानका कारण साना निर्माण व्यवसायीको घरखेतसमेत लिलाम हुने अवस्थामा आएकाले साना निर्माण कार्य मूल्यवृद्धि गर्न पाउने गरी योजनाको म्याद थप हुनुपर्नेलगायत माग उनीहरुले पत्रकार सम्मेलनमार्फत अघि सारेका छन् ।

]]>