देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ठगी गरेको आरोपमा दाजुसहित पाँचजना विरूद्ध मुद्दा

देशान्तर

इलाम। दुई करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा भाइले आफ्नै दाजुसहित पाँच जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय इलाममा जाहेरी दिएका छन् । 

रू दुई करोड १६ लाख ९७ हजार ठगी गरेको आरोपमा इलाम नगरपालिका–२ निवासी सुरेशकुमार काफ्लेले ६६ वर्षीय आफ्नै सहोदर दाजु जगन्नाथ उपाध्याय काफ्ले, भक्तपुर नगरपालिका–११ निवासी ६४ वर्षीय पशुपति हाडा, ६० वर्षीय केदारनाथ हाडा, ६२ वर्षीय बद्रीनाथ हाडा र ४८ वर्षीय किशोर हाडाविरूद्ध प्रहरीमा जाहेरी दिएका हुन् । 

दाजु जगन्नाथले हाडाहरूसँग मिलेर भक्तपुरको जग्गा खरिद गर्ने भन्दै भाई सुरेशबाट विभिन्न समयमा दुई करोडभन्दा बढी रकम लिएर पनि हालसम्म फिर्ता नगरेको भन्दै सुरेशकुमारले उनीहरु विरुद्ध तीन साता अघि प्रहरीमा उजुरी दिएका थिए । 

उजुरीमाथि छानविन गरेपछि प्रहरीले जगन्नाथलाई सोमबार काठमाडौँको मनोहराबाट पक्राउ गरी इलाम ल्याएको प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए । प्रहरीले जगन्नाथलाई पक्राउ गरेपश्चात अन्य चार जना भने फरार रहेका छन् । पक्राउ परेका जगन्नाथविरूद्ध प्रहरीले मङ्गलबार ठगी आरोपमा मुद्दा दायर गरेको छ । 

]]>