देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महानगरका प्रशासनिक सेवा घरबाटै

देशान्तर

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाबासीलाई प्रशासन, राजस्वलगायतका काम घरैबाट गर्न सकिने गरीको सुविधा दिने तयारी गरेको छ। सूचना प्रविधिलाई सरल, सहज, पारदर्शी र प्रभावकारी ढंगबाट गर्न नगरपालिकाले प्रशासन तथा राजस्व प्रणाली मार्स लागू गर्ने भएको हो।

महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि यो सेवा दिन गृहकार्य गरिरहेको हो। महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले विद्युतीय सुशासनअन्तर्गत आधुनिक सेवासुविधा दिने सोचअनुसार सहरबासीलाई सहज सेवा प्रदान गर्न लागिएको बताए। मार्स वेबमा आधारित एकीकृत प्रणाली हो।

मन्त्रालय एसियाली विकास बैंकको स्ट्रेन्थेनिङ पब्लिक मेनेजमेन्ट प्रोग्रामअन्तर्गत यो सेवा सञ्चालनमा ल्याउने तथयारीमा जुटेको छ। देशभरका दुई सय १७ नगरपालिकामा चरणबद्ध रुपमा कार्यान्वयन हुने मार्सको स्वामित्व भने मन्त्रालयकै हुनेछ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।
 

]]>