देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अब वकिल नराखी पनि मुद्दा

देशान्तर

काठमाडौं । लक्ष्मी लोहनी सिलवाललाई म्याद थमाउनु थियो। निवेदन लेखाउन खोज्न अलमलिन लागेकी उनलाई सर्वोच्च अदालतका फाँटवाला योगेन्द्रप्रसाद आचार्यले रोके। अनि एउटा फारम थमाउँदै भने,‘लौ यो भर्नुस्।’ लक्ष्मी एक छिन अलमल्ल परिन्। जब कुरो बुझिन्, त्यसपछि खुसीले फुरुङ्ग भइन्। उनले वकिलबाट लेखाउन खोजेको निवेदन टेम्प्लेट थियो त्यो।

त्यसमा म्याद थाम्पन चाहिने बेहोरा सवै उल्लेख थिए। उनले भरिन् अनि फाँटमा बुझाइन्। ‘पहिले घण्टौ लाग्थ्यो, आज एकैछिनमा भयो,अंश मुद्दाको तारेख लिन आइतबार सर्वोच्च पुगेकी उनले भनिन्,‘वकिल पनि खोज्नु परेन, पैसा पनि तिर्नु परेन। यस्तो पो सुविधा त ।’  

मुद्दामामिला गर्दा अदालतमा दिनुपर्ने विभिन्न निवेदनका ढाँचा सर्वोच्चको बेबसाइटमा उपलब्ध छन् र तिनलाई प्रिन्ट गरेर कसैको सहायताबिनै निशुल्क काम लिन सकिन्छ भन्ने तथ्य उनलाई फाँटका कर्मचारीले बुझाएपछि लक्ष्मी फुरुङ्ग थिइन्। कान्तिपुर दैनिकमा समाचार छ।

]]>