देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कोरियामा न्यूनतम ज्याला सवा लाख

देशान्तर

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपीएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने आप्रवासी कामदारको मासिक न्यूनतम ज्याला सवा लाख नाघेको छ। श्रम तथा रोजगार मन्त्रालयले जनवरी १ देखि डिसेम्बर ३० सम्म लागू हुने गरी अगस्टमा न्यूनतम ज्याला ८.१ प्रतिशत बढाएको थियो ।

यो ज्याला सबै कम्पनी तथा फर्ममा लागू गर्न मन्त्रालयले निर्देशन दिएको छ। यससँगै अतिरिक्त समयसमेत गरी अधिकांश नेपालीले मासिक डेढ लाखभन्दा बढी आर्जन गर्नेछन्। नयाँ पारिश्रमिकअनुसार साता ४० घण्टा काम गर्ने कामदारले दैनिक ४८ हजार २ सय ४० का दरले मासिक न्यूनतम १२ लाख ६० हजार वन (करिब १ लाख १३ हजार नेपाली रुपैयाँ) पाउनेछन्।  

सन् २०१५ को न्यूनतम ज्याला मासिक ११ लाख ६६ हजार २२० वन (१ लख ५ हजार ७२९) थियो। २०१५ का लागि ७.१ प्रतिशत ज्याला बृद्धि भएको थियो। कारोबार दैनिकमा समाचार छ।
 

]]>