देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बेलायती राजकुमार ह्यारी चैत ७ मा नेपाल आउने

देशान्तर

काठमाडौं । बेलायती राजकुमार ह्यारी चैत ७ देखि १० गतेसम्म नेपाल भ्रमण गर्ने टुंगो लागेको छ। केन्जिङटन प्यालेसले बिहीवार ट्वीटर र विज्ञप्तिमार्फत भ्रमणको मिति तय भएको जनाएको हो।  

भ्रमणका क्रममा ह्यारीले भूकम्प प्रभावितलाई भेटेर पुनर्निर्माण प्रयासबारे बुझ्नेछन्। अफगानिस्तानमा गोर्खाहरुसंगै काम गरेका राजकुमारले पोखरास्थित ब्रिटिस क्याम्प पुगी गाृर्खा भर्ती प्रक्रियाको जानकारी लिनेछन्।  भूकम्पपछि गोर्खाहरु स्थानीय समुदायका लागि भएका गतिविजधिको अबलोकन गर्नेछन्।

चितवन र अन्नपूर्ण जानुका साथै उनले नेपालमा माउन्टेन फ्लाइटसमेत गर्ने तयारी छ।  कान्तिपुर दैनिकमा समाचार छ।

]]>