देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ओलीको भारत भ्रमण : भारतले मानेन् संयुक्त बिज्ञप्ती निकाल्न

देशान्तर

काठमाडौं । ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली बुधवार राति स्वदेश फर्किए। तर प्रधानमन्त्रीको हरेक भारत भ्रमणमा संयुक्त वक्तव्य जारी गर्ने परम्परा यसपटक तोडिएको छ। नयाँ संविधानको ब्याख्यामा साझा शब्द राख्न नसक्दा र दुई देशवीचको असमझदारी हटेको भन्ने शब्द राख्न भारतले नमान्दा संयुक्त वक्तव्य नै तयार भएन।

 नेपाली अधिकारीहरुले संशोधनपछिको संविधानलाई स्वागत गर्दै बाँकी विषयमा पनि छलफलबाट समाधान हुने भाषा प्रयोग गर्न प्रस्ताव गरेका थिए।  तर भारतीय पक्षले ८ फागुनको पत्रकार सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको अभिव्यक्तिलाई उल्लेख गर्नुपर्ने अडान राखेको थियो।

मोदीले नयाँ संविधान उल्लेखनीय उपलब्धी भएको र यसको सफलता सवै पक्षको आवान समेट्दा मात्रै हुने भन्दै संवाद र सहमति गर्न आग्रह गरेका थिए। तर भारतीय पक्ष अन्तिमसम्म सहमत नभएपछि संयुक्त वक्तव्य नआएको कुटनीतिक स्रोतहरुले बताएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>