देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मोर्चाको सहमतिबिनै राजनीतिक संयन्त्र

देशान्तर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाको सहमतिबिनै सरकारले प्रदेशको सीमा विवाद सुल्झाउन भन्दै राजनीतिक संयन्त्र गठन गरेको छ। आफू विवाद सुल्झाउन तत्पर रहेको सन्देश दिनका लागि सरकारले प्रधानमन्त्रीको भारत भ्रमणमा जाने अघिल्लो दिन हिजो यस्तो संयन्त्र बनाएको हो।  

मन्त्रिपरिषदको बिहीवार राति बसेको बैठकले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा ११ सदस्यीय संयन्त्र गठन गरेको हो।  संयन्त्रका सदस्य र कार्यविधि मधेसी लगायत असन्तुष्ट दलहरुसँगको सहमतिमा तय गरिने सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए।

उनका अनुसार संयन्त्रले तीन महिनाभित्र सीमांकन विवाद समाधान गर्न सुझावसहितको प्रतिवेदन तयार पार्नेछ।   कान्तिपुर दैनिकमा समाचार छ। 

]]>