देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अखिल महाधिवेशनमा १६ सय प्रतिनिधि, ७ सय उम्मेदवार

देशान्तर

काठमाडौं । अनेरास्ववियुको २२औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुने भएको छ।
अध्यक्षमा संस्थापन पक्षकी नवीना लामा र नेता माधवकुमार नेपाल पक्षका दीपक गौतमबीच कडा प्रतिस्पर्धा देखिएको छ। अध्यक्ष, महासचिवसहित १९ सदस्यीय पदाधिकारी, ४१ सदस्यीय सचिवालयसहित एक सय ४१ सदस्यीय केन्द्रीय समिति, एक सय ४६ सदस्यीय राष्ट्रिय परिषद् सदस्य र ४५ सदस्यीय तीन आयोगमा प्यानल बनाएरै उम्मेदवारी परेको छ ।

तीन सय ३५ पदमा निर्वाचन अध्यक्षसहित तीन सय ३५ पदका लागि करिब सात सय प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका सचिव माधव पौडेलका अनुसार अध्यक्षका प्रत्याशी लामा र गौतम दुवैले समूहगत रूपमा लिस्ट बनाएर उम्मेदवारी दर्ता गराएकाले ६ सय ७० जनाको उम्मेदवारी परेको छ । दुवै समूहको सूचीमा नपरेका केहीले बागी उम्मेदवारी दिएका छन् ।

सुरुमा सार्वजनिक गरिएको १५ सय ४३ प्रतिनिधिको संख्या बढेर १५ सय ९७ पुगेको छ । दुवै पक्षले आधा–आधा संख्या बाँड्ने गरी विवाद मिलाउँदा संख्या बढेको हो । तीमध्ये सात सय प्रतिनिधिले त उम्मेदवारी नै दर्ता गराएका छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>