देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

गगन गुरु प्रदीपले ल्याए पार्टी सुधारको प्रस्ताव

देशान्तर

काठमाडौं । कांग्रेसका तीन युवा नेताले १३ औं महाधिवेशनमा छलफलका लागि पार्टी सुधारको प्रस्ताव ल्याएका छन्। युवा नेता गगन थापा, गुरुराज घिमिरे र प्रदीप पौडेलले पार्टीलाई नयाँ दिशाबाट अघि बढाउन सिद्धान्तमा पुनव्र्याख्या र संगठन पुनर्निर्माण अत्यावश्यक रहेको ठहर गर्दै प्रस्ताव ल्याएका हुन्।  

उनीहरुले पार्टीको सिद्धान्त र संगठन परम्परागत शैलीबाट अघि बढिरहेको निष्कर्षका साथ परिवर्तनका लागि प्रस्ताव प्रस्तुत गरेका छन्। कांग्रेस संविधान निर्माणपछिको चरणको बैचारिक नेतृत्व लिनुपर्नेमा युवा नेताहरुले जोड दिएका छन्।

संविधानको प्रयोग गरेर सबैको अधिकार स्थापित गर्न र सद्भाव बढाउने काम गर्न नसके समाजमा बिग्रह चाहने अतिवादी प्रवृत्तिहरु सल्बलाउन थाल्ने उनीहरुको निष्कर्ष छ। कान्तिपुरमा समाचार छ । 

]]>