देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महाधिवेशन खर्च ४ करोड लाग्ने

देशान्तर

काठमाडौं । कांग्रेसको १३ औँ महाधिवेशन सम्पन्न गर्न ४ करोड रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ। कार्यबाहक सभापति रामचन्द्र पौडेललको अध्यक्षतामा आइतबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको महाधिवेशन तयारी सम्बन्धी बैठकमा अर्थ समितिका संयोजक डा. रामशरण महतले अनुमानित बजेट प्रस्तुत गरेका हुन्।  

उनले आर्थिक संकलनको स्रोत र खर्चका बारेमा बैठकमा जानकारी गराएका थिए। करिब २ करोड रुपैयाँ महाधिवेशन प्रतिनिधिहरुको प्रवेश शुल्कबाट उठ्ने र नपुग रकमका लागि स्वेच्छिक चन्दा अभियान थाल्ने कांग्रेसले जनाएको छ। कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले महाधिवेशनसम्बन्धी तयारीका बारेमा मात्रै बैठक केन्द्रीत भएको बताए।

उनका अनुसार महाधिवेशनको उद्घाटन खुल्लामञ्च र बन्दसत्र भृकुटिमण्डमा हुनेछ। कान्तिपुर दैनिकमा समाचार छ। 
   

]]>