देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आकर्षक ठाउँमा बसेर अकुत सम्पत्ति आर्जन

देशान्तर

काठमाडौं । सेवा प्रवेशदेखि नै पहुँच र  प्रभावबाट आकर्षक वन कार्यालयमा दरबन्दी मिलाउँदै आएका उपसचिव सुरेशसिंह अकुत सम्पत्ति आर्जनको अभियोगमा मुछिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहसहित उनी पत्थ्नी निर्मलादेवीविरुद्ध एक करोड ३६ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

 २०४५ सालमा अस्थायी रेन्जरबाट सिंहको जागिर सुरु भएको थियो। २०४६ सालमा सहायक वन संरक्षक सेवामा स्थायी भएका सिंहले सेवाकालको अधिकांश समय काठ उत्पादनका हिसाबले अब्बल मानिने र धेरै वन भएको जिल्लामा बिताएका थिए।

सिंह भोजपुर, तेह्रथुम, अर्घाखाँची, पाल्पा, कन्चनपुरमा डीएफओ थिए।  जागिर अबधिको धेरै वर्ष काठ उत्पादनका हिसाबले राम्रा र काठ बढी बिक्री हुने जिल्लामा बसेको विभागको रेकर्डमा देखाउँछ। दउनी २०६७ साउनमा उपसचिव भएका थिए। कान्तिपुर दैनिकमा समाचार छ।
 

]]>