देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

उपेन्द्र यादवको पार्टीमा चर्कियो समानुपातिक समावेशी मुद्दा

देशान्तर

काठमाडौं । राज्यका सबै अंग र तहमा समानुपातिक समावेशी सिद्धान्तको नीति अुनसार सबै जातजातिको सहभागिता हुनु पर्ने वकालत गर्दै आएको संघीय समाजवादी फोरम नेपाल आफैँले पार्टीभित्र भने यो सिद्धान्त लागू गरेको छैन्। एकीकरणपश्चात् पार्टी नेत्तृवले समानुपातिक समाबेशी नीति अंगीकार नगरेपछि हाल समाजवादी फोरमभित्रको आन्तरिक विवाद चुलिएको छ।  

गत ३२  जेठमा संघीय समाजवादी पार्टी नेपाल, मधेसी जन अधिकारफोरम नेपाल र खस समावेशी राष्ट्रिय पार्टीबिच एकीकरण भएको थियो। तर, पार्टी एकीकरणपछि नेतृत्वले पार्टीभित्र समानुपातिक समावेशी नीति लागू गर्नुको साटो विधानबाटै समानुपातिक समावेशी शब्द हटाएपति सोही बेलादेखि सुरु भएको विवाद हाल चुलिएको हो। बुधवारमात्रै पार्टीका केन्द्रीय सदस्यहरु रिजवान अन्सारी, वीरबहादुर लामा, नार्साङ शेर्पा, राजकुमार यादवलगायतले नवविचार समूह गठन गरी पार्टीको विधानमा समानुपातिक समावेशी उल्लेख गर्न नेतृत्वलाई दुई साताको अल्टिमेटम दिएको छ।

नवविचार समूह गठन गरी पार्टीभित्र संघर्ष सुरु गर्ने केन्द्रीय सदस्यहरु सबै अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टीका छन्। संघीय समाजबादी पार्टी गठन गर्दा अन्सारी र लामा दुबै उपाध्यक्ष थिए, नोर्साङ भने उपमहासचिव  थिए। तर पार्टी एकीकरणपछिट तीनै जना नेतालाई केन्द्रीय  सदस्यमात्रै बनाइएको छ।   राजधानी दैनिकमा समाचार छ।

]]>