देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पुर्ननिर्माणका लागि अर्को दाता सम्मेलन गर्न प्रस्ताव

देशान्तर

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यमा अपुग हुने रकम जुटाउन दोस्रो अन्तर्राष्ट्रिय दाता सम्मेलन गर्नु पर्ने सुझाव सरकारलाई दिएको छ।

प्राधिकरणले गरेको काम र आगामी दिनका लागि कार्यक्रमबारे प्रधानमन्त्री तथा मन्त्रीहरुलाई जानकारी गराउने क्रममा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बैशाख १२ गतेभित्र पुनर्निर्माणको पञ्चवर्षीय योजना तयार परोर अपुग हुने वित्तीय स्रोत जुटाउन दोस्रो दाता सम्मेलन गर्नु पर्ने बताएका हुन्।  

प्रधानमन्त्री निवास बालुवाटार भएको कार्यक्रममा ज्ञवालीले क्षतिको विस्तृत विवरण लिने काम चैत १२ गतेभित्र सक्ने लक्ष्यका साथ काम भइरहेको जनाएका छन्। बैशाख १२ गतेको भूकम्पपछि गरिएको दाता सम्मेलनमा ४ खर्ब १२ अर्ब रुपैयाँको प्रतिबद्धता व्यक्त गरिएको थियो।  नागरिक दैनिकमा समाचार छ।

]]>