देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आगामी आवमा नेपालको वर्ष आर्थिक वृद्धि बढ्ने एडिबिको प्रक्षेपण

देशान्तर

काठमाडौँ। एसियाली विकास बैंक (एडिबी)ले एसियाली मुलुकको समग्र विकास परिदृश्य आज यहाँ सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । 

गत आवको उत्तराद्र्धको प्रारम्भमा भूकम्प जाँदा आर्थिक वृद्धिमा कमी आई तीन प्रतिशतमा सीमित भएको जनाउँदै उक्त बैंकले आगामी आवमा गरिने पुनर्निर्माण र व्यापार तथा पारवहनमा हुने सुधारबाट नेपालको आर्थिक वृद्धि ४.८ प्रतिशत पुग्ने अनुमान गरेको हो । 

भूकम्प र पूर्वाधार निर्माणका अत्यावश्यक वस्तुको आपूर्तिमा केही महिना उत्पन्न अवरोधका कारण थोक तथा खुद्रा व्यापार, यातायात, पर्यटन र आर्थिक सेवा अवरुद्ध हुँदा कुल गार्हस्थ्य उत्पादनमा कमी आएको, प्रतिकूल मौसमले कृषि क्षेत्रको विस्तार खुम्चिएको तथा ऊर्जा अभावले औद्योगिक क्षेत्रको वृद्धि पनि अपेक्षित रुपमा हुन नसकेको निष्कर्ष उक्त बैंकले निकालेको छ । 

पुनर्निर्माण र पुँजीगत खर्च वृद्धिमा जोड दिँदै उक्त बैंकका देशीय निर्देशक केनिची योकोयामाले चीन र भारतजस्ता विशाल अर्थतन्त्र भएका मुलुकबाट नेपालले फाइदा उठाउन सक्ने बताउँदै उनले भने,“मानव संशाधन र भौतिक पूर्वाधारमा लगानी बढाए नेपालको आर्थिक वृद्धि बढ्न सक्छ ।” 

जलविद्युत् परियोजना तथा पुनर्निर्माणका काम तीव्र गतिमा भएमा आर्थिक वृद्धि बढ्ने तर्क गर्दै योकोयामाले खरिदसम्बन्धी प्रक्रियागत जटिलता अन्त्य गर्नुपर्ने बताए ।  विप्रेषणको आप्रवाहमा भएको उच्च वृद्धिका साथ आयातमा भएको कमीले चालु खाता बचत अघिल्लो आवको ४.६ प्रतिशतको तुलनामा कुल गार्हस्थ्य उत्पादनको ५.१ प्रतिशतले विस्तार भएको बताउँदै उनले चालु आवमा औसत मुद्रास्फीति बढ्ने जानकारी दिए । 

खाद्य पदार्थको मूल्य वृद्धि ११.८ प्रतिशत र गैरखाद्य वस्तुको मूल्यवृद्धि ९.५ प्रतिशतको औसतमा रहने अनुमान गरिएको बताउँदै योकोयामाले आगामी आवमा मुद्रास्फीति ८।२ प्रतिशत रहने बैंकको प्रक्षेपण सुनाए । 

]]>