देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकार छोड्न कमल थापालाई पार्टीभित्रैबाट दबाब

देशान्तर

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाललाई सरकारबाट बाहिरिन पार्टीभित्रैबाट चर्को दबाब आएको छ। राप्रपा नेपाल सरकारमा गएपनि एक अंश पनि पार्टीको एजेन्डा सम्बोधन नभएको तथा आन्तरिकरुपमा पार्टिभित्र झन् भाँडभैलो मच्चिएको भन्दै अध्यक्ष थापामाथि सरकारबाट फिर्ता आउन चर्को दबाब दिइएको हो।  

सुविधा खानका लागि मात्र सरकारमा बस्नुको औचित्य नभएको भन्दै राप्रपा नेपालकै सहअध्यक्ष केशरबहादुर विष्टले तत्काल सरकार छोडी लोकेन्द्रबहादुर चन्दले नेतृत्व गरेको राप्रपासँग पार्टी एकीकरण प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। हिन्दु राज्य र राजसंस्थाको वकालत गर्दै आएको  राप्रपा नेपालको चौथो ठूलो दल हो। राप्रपा नेपालले संघीयताको समेत विरोध गर्दै आएको छ।

‘राप्रपा नेपालको सिद्धान्त हिन्दु राष्ट्र, संवैधानिक राजसंस्था, स्थानीय स्वायत्त शासन प्रणालीसहितको राज्य व्यवस्थाको मान्यतालाई आत्मसात गर्नु हो, सहअध्यक्ष विष्टले भने।’ नेपाल समाचार पत्र दैनिकमा समाचार छ। 

]]>