देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आयल निगमकै पदाधिकारी ग्यास कालोबजारीमा

देशान्तर

काठमाडौं । अभावका बेला नेपाल आयल निगमका जिम्मेवार पदाधिकारी नै ग्यास कालोबजारीमा लागेको तथ्य फेला परेको छ। तोकिएभन्दा बढी ग्यास बेचिरहेका बेला प्रहरीले पक्राउ गरेको तेजबहादुर खड्का र पुष्पराज श्रेष्ठलाई नेपालगञ्जको भेरी ग्यास उद्योगबाट १६ सय ५० थान ग्यास दिन निगमका प्रबन्धक विनितमणि उपाध्यायले लेखेको पत्र फेला परेपछि निगम अधिकारी कालोबजारीमा लागेको तथ्य खुलेको हो।

काठमाडौंका विभिन्न स्थानमा कालोबजारी गरिरहेका खड्का र श्रेष्ठ भेरी ग्यासका बिक्रेता होइनन्।  डिलर नलिएकालाई ग्यास दिन पत्राचार गरेपछि भेरी ग्यासले उनीहरुलाई १६ सय ५० थान ग्यास पठाएको थियो। चरम अभावका बेला उनीहरुले प्रतिसिलिन्डर १० हजारसम्म लिएर ग्यास बेचेको प्रहरीको भनाई छ।

चर्को मूल्यमा ग्यास बेचेको अभियोगसहित दायर मुद्दामा काठमाडौं जिल्ला अदालतले बयान लिँदा निगम पदाधिकारीले उनीहरुलाई ग्यास दिलाउने गरेको प्रमाण फेला परेको हो। प्रहरीले खड्का र श्रेष्ठलाई चर्को मूल्यमा ग्यास बेचिरहेको बेला पक्राउ गरेपनि उनीहरुले ग्यास कहाँबाट ल्याउँछन् भनेर विस्तृत अध्ययन गरेको थिएन। नागरिक दैनिकमा समाचार छ।

]]>