देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बरिष्ठ नेता दिने सहमति तोडेको भन्दै देउवासँग रिसाए गुरुङ

देशान्तर

काठमाडौं । काग्रेस नेता कुलबहादुर गुरुङले आफूलाई पार्टीको वरिष्ठ नेता दिने सहमतिपछि तेह्रौ महाधिवेशनमा शेरबहादुर देउवालाई सभापतिमा प्रस्ताव गरेको बताएका छन्। तेह्रौँ महाधिवेशनपछि बसेको कांग्रेसको केन्द्रीय समितिको पहिलो बैठकमा कनिष्टभन्दा पछाडि राखेपछि गुरुङ रुष्ट भएका छन्।

‘मलाई वरिष्ठ नेता बनाउने सहमतिपछि मैले शेरबहादुरजीलाई सभापतिमा प्रस्ताव गरेको हुँ’ नेता गुरुङले भने,‘त्यो छिटो कार्यान्वयन हुनेमा म विश्वस्त छु।’ महाधिवेशनअघि संस्थापनका नेता गुरुङले देउवालाई समर्थन गरी उनलाई सभापतिमा प्रस्ताव गरेका थिए।

गुरुङले आफूसहित पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, विनयध्वज चन्द, लक्षमणप्रसाद घिमिरे र नेता लोकेश ढकाललाई पनि देउवा समूहमा प्रवेश गराएका थिए। गुरुङका अनुसार देउवाले केन्द्रीय समितिमा चार सदस्य मनोनीत गर्ने र वरिष्ठ नेता दिने सहमति गरेका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ।

]]>