देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मधेस आन्दोलनको तयारीका बारेमा भारतीय राजदूत जिज्ञासा

देशान्तर

काठमाडौं । वैशाखदेखि गर्ने भनिएको राष्ट्रव्यापी आन्दोलनको तयारीबारे मधेसी मोर्चाका शीर्ष नेताहरूले दूतावासमै गई भारतीय राजदूत रन्जित रेलाई सम्पूर्ण जानकारी दिएका छन् । होली पर्वका अवसरमा राजदूत रेले बिहीबार दूतावासमा बोलाएको ब्रेकफास्ट बैठकमा राजदूतको जिज्ञासापछि उनीहरूले त्यसबारे जानकारी गराएका हुन् । बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार राजदूत रेलाई अबको आन्दोलन राजधानीकेन्द्रित हुने र पहाडी जनजातिहरूको समेत सहयोगमा ठूलाठूला प्रदर्शन गर्ने योजना र तयारी रहेको जानकारी दिइएको छ ।

राजदूत रेले ‘तपाईंहरूले वैशाखदेखि फेरि प्रारम्भ गर्ने भनेको मधेस आन्दोलनको तयारीका बारेमा के हुँदैछ ?’ भन्ने प्रश्न गरेको मोर्चाका नेताहरूले बताए ।  राजदूतले मोर्चाको ११ बुँदे मागबारे सरकारसँग भएको प्रगतिको विवरण पनि जान्न चाहेका थिए । उनले सोधका थिए, ‘११ बुँदेबारे सरकारसँग केकस्तो गृहकार्य भइरहेको छ ?’ जबाफमा मोर्चाका नेताहरूले आफ्ना ११ बुँदे माग पूरा गर्न सरकारलाई गरेको आग्रहप्रति अहिलेसम्म सरकारबाट सकारात्मक सन्देश नआएको जानकारी दिए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका सहअध्यक्ष रामनरेश राय, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा राजदूत रेसँगको बैठकमा सहभागी थिए । अन्नपुर्ण  पोष्टमा समाचार छ । 

]]>