देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लोकसेवाले संस्था र सुरक्षा निकायको पनि परीक्षा लिने

देशान्तर

काठमाडौं । लोक सेवा आयोगले नयाँ संविधान जारी भएपछि सार्वजनिक संस्थाको सेवा, शर्त, बढुवा र विभागीय कारवाही तथा सुरक्षा निकायका कर्मचारीको बढुवासम्वन्धि मस्यौदा तयार गरेको छ।

आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले मस्यौदा राय सुझाव संकलनमा रहेको जानकारी दिंदै छिट्टै लागू हुने बताए।  

‘संविधानको नयाँ व्यवस्था अनुसार आयोगको संगठनात्मक पुनसंरचनाको काम तिब्रताका साथ अघि बढेको छ’, आयोगका पदाधिकारी नियुक्त भएको एक वर्ष पुगेका अवसरमा बिहीवार आयोगमै आयोजित पत्रकार सम्मेलनमा उनले भने,संविधानमा थप अधिकारले अब लोकसेवा आयोग शिक्षक र प्राध्यापकबाहेकका सबै सार्वजनिक सेवाका पदमा प्रवेशका लागि एकमात्र द्वारका रुपमा स्थापित भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।

]]>