देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एक वर्षमा तीन लाख बालबालिकाले छाडे पढाइ

देशान्तर

काठमाडौं । एक वर्षमा झन्डै तीन लाख बालबालिकाले विद्यालय छाडेका छन्। शिक्षा विभागले तयार पारेको ०७२ को फ्लास–१ रिपोर्टअनुसार एकै वर्षमा एकदेखि १० कक्षासम्म भर्ना भएका दुई लाख ९८ हजार एक सय २३ जनाले बीचैमा पढाइ छाडेका छन्। प्राथमिक तहमा सबैभन्दा धेरै विद्यार्थीले बीचैमा कक्षा छाडेका छन्। ०७१ सालमा प्राथमिक तहमा छात्रा र छात्र गरी कुल ५३ लाख ३५ हजार तीन सय ५५ विद्यार्थी भर्ना भएका थिए ।

जसमध्ये एक लाख ६९ हजार तीन सय ७९ जनाले बीचैमा कक्षा छाडेका छन्। ‘ड्रपआउट’ गर्नेमध्ये ८३ हजार चार सय ८२ छात्रा र ८५ हजार आठ सय ९७ जना छात्र छन्। सबैभन्दा बढी कक्षा एकमा भर्ना भएका विद्यार्थीले पढाइ छाडेका छन्। निम्नमाध्यमिक तह कक्षा ६–८ मा ०७१ सालमा १८ लाख ३५ हजार तीन सय १३ भर्ना भएकामा ८२ हजार आठ सय ४४ जनाले बीचैमा पढाइ छाडेका छन्। जसमध्ये छात्रा ४० हजार सात सय ८० र छात्र ४२ हजार ६४ जना छन्।  

माध्यमिक तह ९–१०  मा ०७१ सालमा नौ लाख पाँच सय ८५ जना भर्ना भएका थिए, तीमध्ये वर्षको अन्तसम्ममा कुल ४५ हजार नौ सयले पढाइ छाडेका छन्। जसमध्ये छात्रा २३ हजार ६ सय ६७ र छात्र २२ हजार दुई सय ३३ जना छन्।  केही वर्षयता नेपालमा प्राथमिक तहमा विद्यार्थी संख्या घटिरहेको छ। तर, ड्रपआउट गर्नेको संख्या भने बढ्दो छ।

शिक्षा क्षेत्रमा धेरै लगानी गरे पनि विद्यालय पुगेका विद्यार्थीलाई कक्षाकोठामा टिकाइराख्न सफलता पाउन सकेको छैन। विभागको ०७१ को रिपोर्टअनुसार कक्षा एकदेखि १० सम्ममा एक वर्षमा तीन लाख ४२ हजार ६ सय ३२ विद्यार्थीले बीचैमा कक्षा छाडेका थिए। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>