देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेसमा दलको नेता चयनपछि मात्रै पदाधिकारी मनोनयन

देशान्तर

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतत चयनपछि मात्रै रिक्त पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयन गर्ने भएका छन् । दलको नेता चयनका लागि आगामी २२ वा २४ चैतमा निर्वाचन गर्ने योजना छ ।

निर्वाचन गराउन नेता रमेश रिजालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भइसकेको  छ । संवैधानिक परिषद्को बैठकमा प्रतिपक्षी दलको नेता उपस्थित हुनुपर्ने अनिवार्य व्यवस्था भएको कारण पदाधिकारी मनोनयन गर्नुअघि दलको नेताको चुनाव गर्नुपर्ने अवस्था रहेको देउवानिकट नेताहरुले बताएका छन् ।संवैधानिक परिषद्को बैठक १६ चैतमा बोलाइएको छ । तर, सो मितिसम्म कांग्रेसको संसदीय दलको चुनाव हुन नसक्ने भएपछि १६ चैतमा बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित हुने सम्भावना छ ।

कांग्रेसमा एक उपसभापति, एक महामन्त्री, एक सहमहामन्त्री र एक प्रवक्ता नियुक्त गर्न बाँकी रहेको छ । सभापतिवले मनोनित गर्ने पदाधिकारीसहित अझै १४ जना केन्द्रीय सदस्य रिक्त छन् ।  राजधानी दैनिकमा समाचार छ । 

]]>