देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीनसँग तत्काल इन्धन सम्झौता गर्नुनपर्ने प्रधानमन्त्री ओलीको भनाइ

देशान्तर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलले नेपालले चीन्सँग आपतकालीन इनधन सम्झौता गर्नुपर्ने संकट नरहेको बताएका छन् । केही तयारी पूरा भएपछि भने इन्धन व्यापार सम्झौता हुने उनले बताए ।

चीन भ्रमणको तेस्रो दिन मंगलबार बेइजिङमा गरिएको कुराकानीमा निकै खुसी देखिएका ओलीसँग ,’ चीनसँग इन्धन सम्झौता नगरि नागरिकको अपेक्षा पुरा गर्न सक्नुभएन नि ?’ भन्ने प्रश्नमा ओलीले भने ‘चीनसँग आपतकालीन इन्धा सम्झौता गर्नुपर्ने अवस्था छैन । हिजो संकट थियो, अहिले त्यति संकट छैन, त्यसैले धेरै हतार पनि छैन ।’

इन्धन सम्झौताका लागि केही कुरा निष्कर्षमा पुर्‍याउनुपर्ने हुन्छ, हामीले व्यापार सम्झौताको तयारी गर्ने भनेको छौ, त्यसभित्र अनेक चिजहरु गछौँ र इन्धन पनि संसारका जुनसुकै देशबाट ल्याउन सक्छौं,’ ‘प्रधानमन्त्री ओलीले भने, पारवाहनका लागि भारत र चीन दुबै देशका बन्दरगाह प्रयोग गर्न सक्छौँ, स्वतन्त्र राष्ट्रका हैसियतले भारतसँग पनि र चीनसँग पनि संम्झौता गर्न सक्छौँ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

]]>