देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सिंहदरबार गेटमा छड्के, एक सय २७ जना कारबाहीमा

देशान्तर

काठमाडौं । पोसाक भत्ता लिने, तर तोकिएको पोसाक नलगाउने निजामती सेवाका कर्मचारीमाथि सामान्य प्रशासन मन्त्रालयले  छड्के जाँच सुरु गरेको छ। प्रमुख प्रशासनिक निकाय सिंहदरबारभित्र रहेका विभिन्न मन्त्रालय र निकायमा काम गर्ने एक सय २७ जना कर्मचारी छड्के कारबाहीमा परेका छन्।

मन्त्रालयका उपसचिव कृष्णप्रसाद सापकोटा र ठाकुरप्रसाद निरौलाको नेतृत्वमा खटिएको छड्के टोलीले पोसाक नलगाएका कर्मचारीमाथि छड्के गरेको हो। आइतबारको छड्केमा तीन सय ७४ कर्मचारी विनापोसाक कार्यालय आएको पाइएको थियो। सामान्यले पोसाक नलगाएका कर्मचारीको रेकर्ड सम्बन्धित मन्त्रालयमा पठाउँदै त्यस्ता कर्मचारीले पाउने पोसाक भत्ता कटौती गर्न निर्देशन दिएको छ।

पोसाक नलगाउने अधिकांश शाखा अधिकृत, खरिदार र सुब्बास्तरका कर्मचारी छन्। सामान्यले सिंहदरबारबाट कर्मचारी बोक्न प्रयोग गरिने १६ वटा गाडीमा पोसाकविनाका कर्मचारी बस्न नपाउने गरी सर्कुलर पनि जारी गरेको छ। सरकारले कर्मचारीलाई पोसाक भत्ताबापत वार्षिक रूपमा सात हजार पाँच सय रुपैयाँ दिँदै आएको छ।

छड्केअघि सामान्यले सबै मन्त्रालय र निकायलाई पटक–पटक पत्राचार गर्दै मातहतका कर्मचारीलाई तोकिएको पोसाक अनिवार्य गराउन निर्देशन दिएको थियो। नयाँ पत्रिका दैनिकमा समाचार छ।

]]>