देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आयोजना रोक्न दलालको चलखेल

देशान्तर

काठमाडौं । परामर्शदाता छनोट चरणमा पुगेको ४ सय १० मेगावाटको जाजरकोटस्थित नलसिंहगाढ जलाशय जलविद्युत आयोजना बन्न नदिन स्थानीय दलालले चलखेल सुरु गरेका छन्। सरकारले ‘मिलेमतोमा’ एकतर्फी परामर्शदाता छनोट गरेको आरोप लगाउँदै उनीहरु प्रक्रियै रद्ध गराउन लागि परेका हुन्।

‘सर्ट लिस्ट’मा परेका चारमध्ये स्मेक इन्टरनेसनल अस्ट्रेलियारएमडब्लुएच अमेरिका र एफ कन्सल्ट स्विटजरल्याणन्ड दुई कम्पनीले गत असारमै प्राविधिक र आर्थिक प्रस्ताव पेस गरेका थिए। आयोजना बनाउन गठित ‘नलसिंहगाढ जलविद्युत आयोजना विकास समिति’ले प्राविधिक र आर्थिक मूल्यांकन गरी स्मेकलाई परामर्शदाता छान्ने तयारी गरेको छ।

तर समिति यसमा पनि प्रलोभनमा परेको दोस्रो कम्पनीका एजेन्टको दाबी छ। समितिका कार्यकारी निर्देशक मोतिबहादुर कुँवरले गुणस्तर तथा लागत छनोट विधिअनुसार प्राविधिक र आर्थिक मूल्यांकनमा उच्च अंक ल्याएको कम्पनीलाई परामर्शदाता छनोट गरिएको बताए। नागरिक दैनिकमा समाचार छ। 

]]>