देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चीन जाने टोलीको भ्रमण भत्ता करोड

देशान्तर

काठमाडौं । यही  चैत ७ गतेदेखि हुन लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सरकारी जम्बो टोलीका लागि एक करोड रुपैयाँ भन्दा बढी दैनिक भ्रमण भत्ता टीएडीएमा खर्च हुने भएको छ।यो खर्च यातायात तथा आबासबाहेकको हो। मन्त्रिपरिषदको निर्णयअनुसार चीन जाँदा प्रधानमन्त्रीले दैनिक ती सय, मन्त्रीले दुई ५०, सचिवले दुई सय र सहसचिवले एक सय ७५ र उपसचिवले एक सय ५० डलर पाउँछन्।

 प्रधानमन्त्रीले पाँच दिनका लागि एक हजार पाँच सय डलर अर्थात एक लाख ५९ हजार पाँच सय रुपैयाँ पाउनेछन्। त्यसैगरी सातजना मन्त्रीले दैनिक दुई सय ५० डलरका दरले ८ हजार सात सय ५० डलर अर्थात ९ लाख २७ हजार पाँच सय रुपैयाँ टीएडीए पाउनेछन्।  भ्रमण टोलीमा संलग्न १५ सांसदले दैनिक दुई सयका दरले १४ हजार डलर अथर्तात १४ लाख ८४ हजार रुपैयाँ पाउनेछन्।

भ्रमण टोलीमा संलग्न सात सचिव, सात सहसचिव, र भ्रमण टोलीमा संलग्न अन्य २४ जनाले उपसचिवसरहको भत्ता पाउनेछन्। भ्रमण टोलीको संख्यासमेत झन्डै पाँच दर्जन हाराहारीमा पुग्ने भएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

]]>