देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पार्टीलाई एक ढिक्का बनाएर लैजान्छुः सभापति देउवा

देशान्तर

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीभित्र देखिएको गुट–उपगुटको अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।  

नेपाली काँग्रेस जिल्ला कार्य समिति काठमाडौँ शाखाले आज यहाँ आयोजना गरेको १३ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सभापति, पदाधिकारी एवम् सदस्यलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रममा सभापति देउवाले पार्टी भागबन्डाभन्दा पनि काँग्रेस एक ढिक्का हुनुपर्नेमा जोड दिए ।  

“नयाँ संविधान निर्माण भए पनि सङ्घीयताको सवालमा सीमाङ्कनबारे मधेसी समुदायको असन्तुष्टि छ, त्यसलाई समाधान गर्दै संविधान कार्यान्वयन गर्नु चुनौतीपूर्ण छ, त्यसको नेतृत्व अब काँग्रेसले गर्नुपर्छ ।”–सभापति देउवाले भने  । 

नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले विजय हुनेको त यसै पनि इतिहास लेखिन्छ, तर काँग्रेसले पराजय हुनेको इतिहास लेख्न सक्नुपर्छ बताउँदै भने, “पहिला नेताले कार्यकर्ता खोज्थे, तर अहिले कार्यकर्ताले नेता खोजिरहेका छन्, काँग्रेस यस्तो हुनुहँुदैन ।” राष्ट्रियतालाई जोगाउँदै काँग्रेसको नेतृत्वमा राजनीतिक स्थिरता कायम गर्नुपर्ने उनको भनाइ छ । 

 

]]>