देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री भेट्दै मधेसी मोर्चा

देशान्तर

काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । संविधान जारी गर्ने पक्षको आग्रह स्वीकार्दै आफूले नेपाल-भारत सीमा नाकाको धर्ना खुलाए पनि मधेस आन्दोलनका मुद्दा सरकार र ठूला तीन दलले अझै समाधान नगरेको मोर्चाको भनाइ छ ।

तमलोपा कार्यालय बिजुलीबजारमा बिहीबार अपराहन बसेको मोर्चा बैठकमा मधेसकेन्द्रित सात दलले कात्तिक १५ मा सरकारलाई बुझाएको ११ बुँदे माग पत्रको सम्बोधन हुनु पर्ने, आन्दोलनका क्रममा ज्यान गुमाएकालाई सहिद घोषणा, परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार, पक्राउ परेकाको रिहाइ, कालोबजारी अन्त्यको माग अगाडि सार्ने निर्णय भएको छ । 

तिनै माग समेटिएको ध्यानाकर्षण पत्र प्रधानमन्त्रीलाई बुझाउने निर्णय उक्त बैठकको छ । त्यसको मस्यौदाको जिम्मा तमलोपा उपाध्यक्ष वृषेशचन्द्र लाललाई दिइएको छ । कान्तिपुर दैनिकमा समाचार छ।

 

]]>