देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेत्री कोइरालाद्वारा सभापतिमा पौडेललाई समर्थन गर्दे उम्मेदवारी फिर्ता

देशान्तर

काठमाडौँ। नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले पार्टीका कार्यवाहक सभापति रामचन्द्र पौडेललाई सभापति पदमा समर्थन गर्दे आफ्नोे उम्मेदवारी फिर्ता लिएकी छन् ।  

आज आफ्नै निवास मण्डिखाटारमा कार्यवाहक सभापति पौडेल, नेता डा रामशरण महत, डा शशाङ्क कोइराला, डा शेखर कोइरालालगायतका नेताको उपस्थितिमा नेत्री कोइरालाले सभापतिको उम्मेदवारी दिने धोषणा फिर्ता लिएकी हुन् ।  उनले हिजो आफू सभापतिमा उम्मेदवारी दिने धोषणा गरेकी थिइन् ।  

कार्यवाहक सभापति पौडेलले सबैको राय र परामर्शले यो मुलुकका लागि काँग्रेसको परम्परालाई अक्षुण राखेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।  पौडेलले पार्टीलाई एकढिक्का बनाएर अगाडि लैजानका लागि एकताको खाँचो रहेको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने स्पष्ट पार्दै भने,  “म २०१७ सालदेखि निरन्तर पार्टीमा समर्पण रहेको व्यक्ति हुँ पार्टीको बरिष्ठ व्यक्ति पनि हुँ मलाई सहयोग गर्नुहोस पार्टीलाई एकढिक्का बनाएर अगाडि बढ्छु ।” 

नेत्री कोइरालाले पार्टीभित्र गिरीजाबाबुप्रति आस्था राख्ने व्यक्तिहरुले अब पार्टी कता जाने हो भन्ने चिन्ता प्रकट गरेकोे र पार्टीका साथीहरु निराश नहुन भनेर आफुले उम्मेदवारी फिर्ता लिएको बताउँदै भनिन्, “मेरो कारणले पार्टी सङ्कटमा पर्नु हुँदैन त्यसैले मैले आफ्नो उम्मेदवारी फिर्ता लिन्छु ।” 

कोइरालाले विपीको मेलमिलाप र गिरीजाबाबुको सहमति सहकार्य एकतालाई अगाडि लैजान आफु कटिबद्ध भएर लाग्ने स्पष्ट पारे । 

]]>