देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नियुक्तिमा सरकारले एकलौटी गर्योः सभापति देउवा

देशान्तर

काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राजदूत नियुक्ति र न्यायाधीश सिफारिसमा सरकारले एकलौटी गरेको आरोप लगाएका छन् ।  

तेज–तीर्थ ट्रष्टले आज क्षेत्रपाटीमा आयोजना गरेको राष्ट्रिय लोकतन्त्र शान्ति पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै सभापति देउवाले प्रमुख प्रतिपक्षी दललाई नसोधी राजदूत नियुक्ति र न्यायाधिश नियुक्ति गरेको भन्दै आपत्ति जनाएका हुन् ।  

उनले संविधान कार्यान्वयनमा नेपाली काँग्रेसले सरकारले भन्दा धेरै काम गरेको दाबी गरे । सभापति देउवाले संविधान काँग्रेसको पहलमा निर्माण भएको भन्दै सबैको भावनालाई समेटेर काँग्रेसले संविधान संशोधन गर्ने उल्लेख गरे ।  

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काँग्रेसको नेतृत्वमा बनेको संविधान कार्यान्वयनको नेतृत्व पनि काँग्रेसले नै गर्ने बताए ।  उनले भने, “राजनीति स्थायित्वका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ ।” 

नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले हिमाल, पहाड, तराईका जनताका भावनालाई समेटेर संविधान कार्यान्वयन गर्नुपर्ने बताए ।  

ट्रष्टका अध्यक्ष तीर्थमान डङ्गोल, नेपाली काँग्रेसका नेता लोकेश ढकाल, मानव अधिकारवादी नुतन थपलिया, एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीलगायतले संविधान चाँडो कार्यान्वयन गरेर मुलुकलाई विकासको बाटोमा अगाडि लैजानुपर्नेमा जोड दिएका थिए । 

]]>