देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संसदको वजेट अधिवेशन बैशाख २१ मा

देशान्तर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २९६ को उपधारा (६) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा २०७३ साल वैशाख २१ गते मङ्गलबारका दिन ११ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ वानेश्वरमा व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन आह्वान गरेकी छिन्।

यो भन्दा अगाडि मन्त्रीपरिषद बैठकले संसदको अधिवेशन बैशाख २१ गते बोलाउनका लागि राष्ट्रिपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । संविधानमा सरकारको सिफरिसमा राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने प्रावधान गरेको छ । 

 व्यवस्थापिका–संसद्का महासचिव मनोहरप्रसाद भटृराईद्वारा हस्ताक्षरित आज प्रकाशित सूचनाअनुसार उक्त मिति, समय र स्थानमा संसद् सदस्यहरुको उपस्थितिका लागि व्यवस्थापिका–संसद सचिवालयले अनुरोध पनि गरेको छ। 

]]>