देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनअपेक्षालाई सरकारले उपेक्षा गर्योः डा. शेखर कोइराला

देशान्तर

फलेवास। नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले वर्तमान सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन् ।  

नेपाल प्रेस युनियन पर्वतले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले सरकारले यसरी नै जनताको भावनालाई बेवास्ता गरेमा यसको आयु लामो नहुने बताए ।  

वर्तमान सरकार आफ्नै कारणले ढल्छ यसलाई नेपाली काँग्रेसले ढलाउन नपर्ने उनले प्रष्ट पार्दै भने,“सरकारमै सहभागी दलहरुको आपसी टकरावका कारण सरकार ढल्नेछ ।’’ 

उनले भूकम्पपीडितलाई समयमै राहत तथा पुनःस्थापनका लागि काँग्रेसले दबाब सिर्जना गर्ने बताए ।  

कोइरालाले मधेसी र आदिवासीका मुद्दा वार्ता र संवादबाटै समाधान गर्नुपर्नेमा जोड दिए ।  राजधानीबाट मधेसलाई दिल्लीको चश्माले हेरिँदा समस्या भएको बताउँदै कोइरालाले मधेस पनि नेपाल नै हो र उनीहरुका लागि पनि अधिकार दिनुपर्छ भन्ने सोच सबैमा भयो भने समस्या छिट्टै समाधान हुने बताए ।  

उनले मधेसका समस्या समाधान गर्नका लागि संविधानमा संशोधन आवश्यक रहेको बताउँदै सरकारले तत्काल वार्ता प्रक्रिया सुरु गर्नुपर्ने सुझाव दिए ।  

उनले भ्रातृ संस्थाहरुको अधिवेशन आगामी छ महिनाभित्र सम्पन्न गर्नुपर्ने पनि बताए । 

]]>