देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बाबुरामको नयाँ शक्तिका नेता लट्री धन्दामा

देशान्तर

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीका केन्द्रीय पार्षद् सदस्य ओखलढुंगा दियालेका अशोककुमार थापा अन्तर्राष्ट्रिय लट्री धन्दामा लागेको पाइएको छ। पाँच लाख पाउन्ड पाउने आसमा सात लाख २५ हजार गुमाएकी पोखराकी पोखराकी एक महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान व्यरोमा उजुरी दिएपछि अनुसन्धान गर्दा थापाको संलग्नता पुष्टि भएको हो।

ती महिलालाई ‘बधाई छ, सन् २०१६ को पेप्सी मोबाइल ड्र युकेमार्फत तपाईंको मोबाइल नम्बरलाई पाँच लाख पाउन्ड चिठ्ठा पर्‍यो’ भन्ने सन्देश आएको थियो। सन्देशसँगै इमेल ठेगाना पठाएर पूर्ण जानतकारी पठाउनसमेत सुझाव दिइएको थियो। पटकपटक म्यासेज र फोन आएपछि ती महिलाले उत्साहित हुँदै पैसा पठाउने माध्यम खोजिन्। तर नेपालमा चिठ्टावापतको पैसा पठाउन वकिल खर्च लाग्ने र हुन्डीमार्फत पैसा पठाउन भनियो। महिलाले विश्वास नगरेपछि बैंकिङ च्यानल प्रयोग गरेर पैसा पठाउने अडान लिएकी थिइन्।

ब्युरोका प्रमुख डीआर्इजी नवराज सिलवालका अनुसार विदशी एजेन्टले महिलाको अडानपछि नेपालस्थित आफ्नो एजेन्ट सूर्यज्योति इन्भेष्टमेन्ट प्रालिको नेपाल एसबीआर्इ बैँक बौंद्ध शाखाको खातामा रकम राखिदिन अनुरोध गरेको थियो। महिलाले पटकपटक गरी सात लाख २५ हजार रुपैयाँ सो प्रालिको सातावाल अशोककुमार थापाको नाममा जम्मा गरिदिएकी थिइन्। पैसा जम्मा भएपछि थापाले झिकेर ठगी गरी फरार भएका थिए। अन्नपूर्ण पोस्टमा समाचार छ।

]]>