देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

देउवालाई भारतको सन्देशःमधेसीका बाँकी माग सम्बोधन गर्न पहल लिनुस्

देशान्तर

काठमाडौं ।  भारतले मधेसका पूरा हुन बाँकी विषयको समाधानको अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेको छ। कांग्रेस सभापति शेरबहादुर देउवासँग बिहीवार भएको भेटमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा सबैभन्दा ठूलो दल कांग्रेस भएकाले तराई मधेसका समस्या समाधानको अग्रसरता लिन भारतको सन्देश दिएकी हुन्।

 श्रीमती आरजुको उपचारका लागि दिल्ली पुगेका देउवाले स्वराजसँग निवासमा करिब ३५ मिनेट भेटवार्ता गरेका थिए।  भेटमा नेपाली राजदूत दीपकुमार उपाध्याय र भारतीय विदेश मन्त्रालयका नेपाल–भुटान डिभिजन हेर्ने सहसचिव अभय ठाकुर पनि सहभागी थिए।

 भेटमा नेपालको समसामयिक विषयबारे सामान्य कुराकानी भएको जानकारी राजदूत उपाध्यायले दिए। नयाँ पत्रिका दैनिकमा समाचार छ। 

]]>