देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेपाली ट्राभल डकुमेन्ट विदेशी नागरिकलार्इ बिक्री

देशान्तर

काठमाडौं । नेपाली नागरिकका रुपमा जारी भएको ट्राभल डकुमेन्ट किनेर विदेशी नागरिकले यात्रा गर्न थालेका छन्। वैदेशीक रोजगारीमा गएका भारत तथा वंगालादेशका नागरिकले नेपालको ट्राभल डकुमेन्ट किन्ने गरेका हुन्। नेपालको ट्राभल डकुमेन्ट किनेर फर्कने क्रममा भारतीय युवती कान्छी मेहर पक्राउ परेपछि यसको रहस्य खुलेको हो। अध्यागमन कार्यालय विमानस्थलले उनलाई नेपालको डकुमेन्टसहित पक्राउ गरेको हो। 

साउदीमा रहेका दलाले बेच्छन् ट्राभल डकुमेन्ट मकवानपुर घर भएकी अनिता बलको नाममा जारी भएको ट्राभल डकुमेन्टमा आफ्नो फोटो टाँसेर उनी नेपाल आएकी थिइन्। गत २३ चैतमा पक्राउ परेकी मेहरलाई जाली राहदानी मुद्दा चलाइएको अध्यागमन विभागले जनाएको छ।

पश्चिम बंगाल घर भवएकी मेहर तीन वर्ष साउदी अरेबिया काम गरेर फर्केकी हुन्। साउदी कम्पनीले पासपोर्ट नदिएपछि आफूले नेपालको ट्राभल डकुमेन्ट प्रयोग गरेको उनले बताएकी छिन्। 

साउमा रहेका दलालहरुले उनलार्इ नेपालको ट्राभद्य डकुमेन्ट उपलब्ध गराएका थिए। गत ३ मार्चमा साउदी अरेबियास्थित नेपाली दूतावासले अनिता बलको नाममा ट्राभल डकुमेन्ट दिएको थियो। नयाँ पत्रिका दैनिमा समाचार छ।

]]>