देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

आज नेपाल बिद्यार्थी संघको ४६ औं स्थापना दिवस

देशान्तर

काठमाडौं ।  आज नेपाली कांग्रेसको  प्रमुख भातृ संगठन भएपनि नेपाल विद्यार्थी संघको स्थापना दिवस । नेपाल बिद्यार्थी संघको २०२७ सालमा आज कै दिन जेलभित्र स्थापना भएको थियो । नेपाल विद्यार्थी सङ्घले आफ्नो स्थापनाको ४६ औं वर्ष प्रवेशका अवसरमा बिभिन्न कार्यक्रम गरि जन्म दिन मनाउदै छ ।

विसं २०२७ वैशाख ६ गते स्वयम्भू सत्तलमा नेता कृष्णप्रसाद भट्टराईलगायतको पहलमा विपीन कोइरालाको सभापतित्वमा सङ्घको स्थापना भएको थियो । आन्तरिक विवादका कारण आठ वर्षदेखि सङ्घको महाधिवेशन हुन सकेको छैन । 

नेपाल बिद्यार्थी संघको स्थापना दिवस को अवसमा राजधानीमा आज आयोजित आयोजित कायक्रम मा बोल्दै कांग्रेस नेता प्रकाशमान सिहले आफुले बारम्बार प्रयास गर्दा समेत पार्टी भित्रको किचलोले ने बि संघ को अधिबेशन गराउन नसकेको बताएका छन् ।

उनले अब जति सक्दो छिटो अधिबेसन गराउन को बिकल्प नभएको भन्दै महाधिबेशन केन्द्रीत रहन आग्रह समेत गरे । ने बि सघ बलियो नभई पार्टी  र लोकतन्त्र बलियो नहुने भन्दै आफ्नो जिम्मेवारी बहन गरन ने बि संघ का नेताहरु लाई निरदेसन समेत दिनु भएका छन् ।

नेपाल बिद्यार्थी संघको स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौ जिल्लाले प्रकासित गरेको क्यालेन्डर सार्वजानिक गरिएको थियो । 

]]>