देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विक्री नहुँदा बैंकमै थुप्रियो अरबौंको सुन

देशान्तर

काठमाडौं । बिक्री नहुँदा बैंकहरुमा सुन थुप्रिएको छ। अवैधानिक रुपमा आयात भएको सुन बैंकमा भन्दा सस्तो बजारमा पाउन थालेपछि बैंकको सुन बिक्री नभएको हो। अहिले बैंकहरुमा रहेको तीन सय २२ किलो सुन बिक्री भएको छैन। बैंकहरुमा रहेको सुन बिक्री नभएसम्म उनीहरुले आयात नगर्ने बताएका छन्। सुन आयात गर्ने अन्तिम तयारीमा रहेका केही बैंकले उक्त प्रक्रियासमेत रोकेका छन्।

बैँकमा रहेको सुन बिक्री नभएसम्म सुन ल्याउन नसकिने बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बताएको छ।  बैंकहरुले अर्बौं रुकमको सुन खरिद गरेका छन्। सुनमा गरिएको लगानीबाट नाफा त परै जाओस समयमा बिक्री गरेर नगद हात पार्न समेत उनीहरुले सकिरहेका छन्। बैंकहरुमा रहेको सुन तीन महिनादेखि बजारमा बिक्री हुन नसकेको बैंकरको भनाई छ। लामो समयदेखि फट्टफुट्बाहेक बिक्री हुन नसकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए।

‘लामो समयसम्म सुन बिक्री नहुँदा आश्चर्यमा परेका छौं,’ उनले भने। नेपाल बैंकर्स संघका अनुसार अहिले सबैभन्दा सुन प्राइम कमर्सियल बैँकसँग ८७ किलो छ। त्यसपछि नबिल बैँकमा ५० किलो, एनएमबी र मेगा बैंकमा ४९–४९ किलो, सानिमामा ४४ किलो र सिटिजन बैंकमा ४० किलो सुन मौज्दात छ। ती बैंकको सुन बिक्री नभएकाले बैंक अफ काठमान्डू र सिद्धार्थ बैँकले ५०–५० किलो सुन आयात गर्ने प्रक्रिया रोकेका छन्। नागरिक दैनिकमा समाचार छ।

]]>