देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नयाँ शक्तिको पैसा बाबुरामको खातामा

देशान्तर

काठमाडौं  । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ शक्तिका नाममा आफ्नै खातामा पैसा जम्मा गर्न अपिल गरेका छन् । बिहीबार आर्थिक सहयोग संकलन गर्न सार्वजनिक आह्वान गर्दै भट्टराईले आफ्नै नामको खाता नम्बर दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले नयाँ शक्तिले जेठ ३०–३२ गतेसम्म गर्न लागेको पार्टी स्थापनार्थ राष्ट्रिय भेलाका लागि आर्थिक सहयोगको आह्वान गरेका हुन् ।

सार्वजनिकरुपमा गरिएको आह्वानमा भनिएको छ, ‘नयाँ शक्ति नेपाललाई आर्थिक सहयोग  गर्न देश, विदेशमा रहनुभएका इच्छुक महानुभावले बैंक खातामा रकम जम्मा गरेर आर्थिक सहयोग गर्न सक्नुहुनेछ ।’ समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ नयाँ विचार, आचरण, शैली र संरचनासहितको नेतृत्वले प्राप्त रकम पारदर्शी बनाउने समेत आह्वानमा उल्लेख छ ।

‘नयाँ शक्ति नेपालले बैशाख र जेठ दुई महिना आर्थिक संकलन अभियान सञ्चालन गर्दै छ,’ आह्वानमा भनिएको छ, ‘हामी प्राप्त सबै सहयोग रकमको हिसाव पारदर्शी बनाउनेछौँ,’ । आर्थिक संकलनका लागि गरिएको आह्वानमा राष्ट्रिय वाणिज्य बैंक, बानेश्वर शाखाको बाबुराम भट्टराई र नयाँ शक्तिका सचिवालय संयोजक केशवप्रसाद दाहालको नामको १४२००६०३३४१० खाता नम्बर उल्लेख छ । अन्नपूर्णपोष्टमा समाचार छ । 

]]>