देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सरकारी अनुदानबिनै बने भूकम्प प्रभावित क्षेत्रमा ३० हजार घर

देशान्तर

काठमाडौं । राष्ट्रिय योजना आयोगअन्तर्गत केन्द्रीय तथ्यांक विभागको नेतृत्वमा इन्जिनियर परिचालन गरी गरिएको सर्वेक्षणले भूकम्पप्रभावित गाउँमा सरकारी अनुदान नपुग्दै ३० हजार घर गाउँले आफैले पुनर्निर्माण गरेको देखाएको छ।

करिब दुई सय गाविसको सर्वेक्षणमा देखिएको तथ्य सर्वेक्षणको अन्तिम प्रतिवेदन आउँदासम्म अझै बढ्नेछ।  एक वर्षअगाडि गएको विनाशकारी भूकम्पले भत्काएका दुई लाख जोखिमयुक्त घरमा करिब १० लाख गाउँलेको बसोबास रहेको पनि सर्वेक्षणले देखाएको छ। तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार ३२ लाख ८७ हजार ९ सय ८० जनसंख्या रहेको ६ लाख ६८ हजार ३ सय ७१ परिवारमा गरिएको सर्वेक्षणमा यस्तो देखिएको हो।

सर्वेक्षण पूरा भएका गाउँबाट निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले अनुदान सम्झौता गर्नेछ।  अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

]]>