देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

विद्रोहको तयारीमा वामदेव

देशान्तर

काठमाडौं । पार्टीको नवौं महाधिवेशनमा खुलेर अध्यक्ष केपी शर्मा ओलीतर्फ लागेका उपाध्यक्ष वामदेव गौतम समूह संस्थापन पक्षसँग असन्तुष्ट बनेको छ। झन्डै एक दर्जन केन्द्रीय सदस्य भएको गौतम समूह संस्थापनको साथ छाड्ने मनस्थितिमा पुगेको छ। अध्यक्ष ओलीसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै उपाध्यक्ष गौतम अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग असन्तुष्ट बनेको उनी निकट स्रोतले बतायो।

पछिल्लो समय उपाध्यक्ष गौतम अध्यक्षको साथ छोडेर मध्यमार्गी जस्तै देखिएका छन्। गत साता बसेको स्थायी समिति बैठकमा समेत उनले संस्थापन पक्षलाई साथ दिएनन्। पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र संस्थापन पक्षबीच विभागमा राख्ने नामका विषयमा विवाद हुँदा उनले मध्यमार्गी बाटो अपनाउँदै सवैलाई समेटर लैजान सुझाव दिएका थिए।

नवौं महाधिवेशन अघिसम्म तत्कालीन अध्यक्ष झलनाथ खनालका पक्षमा रहेका गौतम त्यसयता भने अध्यक्ष ओली पक्षमा लागेका थिए।संसदीय दलको निर्वाचन हुँदा पनि गौतमले खुलेरै ओलीको समर्थन गरेका थिए। अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ। 

]]>