देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संविधान कार्यान्वयनको लागि दलीय सहमति आवस्यक

देशान्तर

नेपालगन्ज । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संविधान कार्यान्वयनका लागि मुलुकका सबै राजनीतिक दलबीच सहमति हुनुपर्नेमा जोड दिएका छन् ।  

नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान कार्यान्वयनमा आउनसक्यो भने मुलुकको राजनीतिक असहजता पनि विस्तारै हट्दै जान्छ ।’ 

मधेसवादी राजनीतिक दललाई सहमतिमा ल्याउन सरकारले वार्ताको वातावरण बनाउनुपर्नेमा जोड दिँदै नेता सिटौलाले त्यसका लागि मधेसकेन्द्रित दलका नेताहरुले पनि व्यक्तिगत र दलीय स्वार्थ त्याग्न सुझाव दिए ।  

]]>