देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सीमा नाघी जम्बो बजेट

देशान्तर

काठमाडौं । सरकारले योजना आयोग स्रोत समितिले  दिएको सीमा नाघेर जम्वो बजेट ल्याउने भएको छ। 

 चालु आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेका बेला सबैतिर रकम छर्ने गरी सीमाभन्दा एक अर्ब बढीको बजेट अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गर्दैछन।
 
चालू आर्थिक वर्षको बजेट नै खर्च गर्न नसकेको बेला सबैतिर रकम छर्ने गरी २ खर्ब रुपैयाँ थपेर बजेट सार्वजनिक हुँदै छ ।
 
चालू आर्थिक वर्षमा ८ खर्ब १९ अर्ब बजेट विनियोजन गरिएको छ । अत्यन्त गोप्य राखिएको बजेटको आकार सवा १० खर्ब  ४० अर्व कट्ने   स्रोतको भनाइ छ ।
 
नाकाबन्दी भए पनि पछिल्लो समय राजस्वमा उल्लेख्य वृद्धि भएकाले सरकार यति ठूलो आकारको बजेट ल्याउन हौसिएको हो । सरकारले यस अघिको स्रोत समितिले दिएको बजेटको सीमा भन्दा पनि करिब एक खर्ब बढि विनियोजन गर्ने भएको छ ।
 
अर्थमन्त्रालयले आगामी वर्ष करिब साढे ५ खर्ब उठने अनुमान गरेको छ । कान्तिपुर दैनिकबाट 

]]>