देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मदन भण्डारीका नाममा गुट–राजनीति

देशान्तर

काठमाडौं । नेकपा एमाले नुवाकोट जिल्ला कमिटीको गत फागुनमा सम्पन्न अधिवेशनमा अध्यक्ष प्रत्याशी विन्दा ढुंगाना पराजित भइन्। चैतमा मदन भण्डारी फाउन्डेसनको जिल्ला अध्यक्ष छानिइन्। बाँके जिल्ला कमिटीको अधिवेशनमा पुजन विक पराजित भए। लगत्तै उनले नयाँ पद पाए– मदन भण्डारी अध्ययन केन्द्र बाँकेको अध्यक्ष। एमालेभित्र मदन भण्डारीको नाममा सञ्चालित धेरै संस्थामध्ये यी दुई बढी चर्चा र विवादमा छन्।  फाउन्डेसनको अध्यक्ष अहिले मदनकी छोरी उषाकिरण छिन् भने अध्ययन केन्द्रको नेतृत्व पार्टीका सचिव योगेश भट्टराईले गरेका छन्।

फाउन्डेसनको संस्थापक अध्यक्ष राष्ट्रपति विद्या भण्डारी थिइन्। उनीपछि नेतृत्व छोरीमा सरेको हो। आठौं महाधिवेशनपछि बढी चर्चामा रहेको फाउन्डेसन र नवौं महाधिवेशनको सम्मुखमा खुलेको अध्ययन केन्द्रको उद्देश्य मदन भण्डारीको विचारसँग सहमत हुनेलाई संगठित गरेर उनको विचारलाई विस्तार र विकास गर्ने हो। पार्टीको पछिल्लो महाधिवेशनमा अध्यक्ष प्रत्याशी माधवकुमार नेपालको पूरै कार्यक्रम अध्ययन केन्द्रको नाममा सञ्चालन भएको थियो।

फाउन्डेसनमा अध्यक्ष ओलीनिकट मात्रै छन् भने केन्द्रमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालपक्षका नेता–कार्यकर्ता संगठित छन्।  नुवाकोटमै हेर्ने हो भने ढुंगाना मात्रै होइन, उनकै प्यानलबाट प्रतिस्पर्धा गरेका अधिकांश नेता फाउन्डेसनमा सदस्य छन्। केन्द्रमा पनि बाँकेका विक मात्रै होइन, सबै सदस्य खनाल–नेपालनिकट छन्।  आजको नागरिक दैनिकमा समाचार छ । 

]]>